Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


अमेरिकामा एकैदिन १४ सयबढी अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द

उडान कटौती र ढिलाइले लाखौं मानिस प्रभावित

286
Shares

एजेन्सी । अमेरिकामा एकै दिन १४ सय भन्दा बढी अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द गरिएकाे छ।

त्यसैगरी ६ हजार भन्दा बढी उडान ढिला उडेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका हुन् । अमेरिकी संसदले बजेट पारित गर्न नसक्दा सरकारले आफ्ना धेरै सेवा र कार्यक्रम अस्थायी रूपमा रोक्दा वायुसेवा कम्पनीहरूलाई पनि संघीय सरकारले उडान कटौती गर्न भनेपछि त्यसको असर परेको बताइएको छ।

बजेट रोक्काका कारण अमेरिकी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर तलब बिना काम गर्नु परेकाले देशका अहिले ४० वटा व्यस्त विमानस्थलमा उडान क्षमता १० प्रतिशतसम्म घटाइएको हाे। गत अक्टोबर १ तारिखदेखि शुरू भएको बजेट रोक्काको स्थिति ३९ दिनसम्म पनि समाधान हुन सकेको छैन। रिपब्लिकन र डेमोक्रेट सांसदहरू अझै पनि खर्च सम्बन्धी विधेयकमा सहमत हुन नसक्दा अमेरिकी इतिहासमा यति लामो समयसम्म बजेट पारित हुन नसकेको हो ।

अमेरिकाको संघीय नागरिक उड्डयन प्रशासनले आगामी दिनमा उडान कटौती झनै बढ्ने जनाएकाे छ। उडान कटौती र ढिलाइले लाखौं मानिस प्रभावित भएका हुन् ।