Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


मधेश प्रदेश: माओवादीका सांसद अन्सारीले अनुहारमा किन कालोमोसो दले ?


2.7k
Shares

जनकपुरधाम। मधेश प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दल्नुभएको छ।

मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि शनिबार बाेलाइएकाे बैठकमा बोल्दै अन्सारीले प्रदेश सभामा रहेका कुनैपनि प्रदेशसभा सदस्यहरुसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेका कारण विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा आफैं कालोमोसो दल्नुभएको हो । उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहरु जनताको मर्म अनुसार काम गर्न नसकेकाले यो प्रदेश सभामा रहेका प्रदेशसभा सदस्यहरुले निकास दिन नसक्ने स्पष्ट पार्नुभयाे।

अन्सारीले बोले लगत्तै माओवादी केन्द्रकै प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वास मत नदिने घोषणा गर्नुभयो । उहाँले प्रदेश सरकारको पनि निर्णय केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णयअनुसार अगाडि बढ्न नसक्ने बताउनुभएकाे छ।