Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने राष्ट्रपति ट्रम्पकाे घोषणा

'दक्षिण अफ्रिकामा जी-२० आयोजना हुनु पूर्ण रूपमा लज्जास्पद'

728
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गर्नुभएकाे छ।

उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे घाेषणा गर्नुभएकाे हाे। राष्ट्रपति ट्रम्पले त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गर्नुभएकाे हाे। उहाँले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने बताउनुभएकाे थियाे । उहाँको सट्टा उपराष्ट्रपति जेडी भान्स जाने तय भए पनि अब उहाँलाई पनि दक्षिण अफ्रिका नपठाउने राष्ट्रपति ट्रम्पले बताउनुभएकाे छ।

दक्षिण अफ्रिकामा जी-२० आयोजना हुनु पूर्ण रूपमा लज्जास्पद विषय भएकाे समेत उहाँले बताउनुभएकाे छ। उहाँले अफ्रिकी मूलका सेता किसानहरू (अफ्रिकानर्स) माथि हिंसा, हत्या र उनीहरूको जग्गा–खेत कब्जा गर्ने काम भइरहेको आरोप लगाउनुभएकाे हाे। ट्रम्प प्रशासनले लामो समयदेखि दक्षिण अफ्रिकी सरकार अल्पसंख्यक किसानहरूविरुद्ध भेदभाव गर्ने र उनीहरूमाथि भएका हमलाहरूमा मौन रहने गरेको आरोप लगाउँदै आएको छ।