Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


सरकारी शटडाउनका कारण अमेरिकामा भोलिदेखि सयौं उडान रद्द हुँदै


2.7k
Shares

काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउनले अमेरिकी हवाई क्षेत्र नराम्ररी प्रभावित हुने भएको छ ।

शटडाउनका कारण पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको कर्मचारी अभावमा भोलिदेखि सयौं उडान रद्द हुने भएको हो ।

एयर ट्राफिक कन्ट्रोलरहरूको कर्मचारी कम हुँदा भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि भोलिदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्।

कन्ट्रोलरहरूलाई शटडाउनको समयमा तलब नदिइदा यसको परिणाम अवाई उडानको रद्ध सम्म पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो अमेरिकी सरकारी शटडाउन समाप्त नभए आगामी केही दिनमा ४० प्रमुख विमानस्थलहरूमा हवाई यात्रा १०% सम्म घट्नेछ र हजारौँ उडान रद्द हुने चेतावनी अमेरिकी यातायात मन्त्री सीन डफीले दिएका छन् ।

जसका कारण दैनिक ३,५०० देखि ४,००० सम्म उडान रद्द हुन सक्ने अनुमान गरिएको छ ।