Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


मौज्दात सकिंदै गएपछि राहदानीको अभाव (भिडियाे रिपाेर्ट)


260
Shares

काठमाडाैं । यतिबेला राहदानी सीमित रहेको भन्दै राहदानी विभागले राहदानी वितरणको दायरा घटाएको छ।

गत २४ गतेको घटनामा स्टक रहेका राहदानी जलेपछि सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले जनाएको हाे। विभागले दैनिक १ हजार राहदानी वितरण गर्ने गरी कोटा निर्धारण गरेर अतिआवश्यक भएमा मात्र राहदानी बनाउन आग्रह समेत गरेको छ।

राहदानी विभागले यतिबेला अत्यावश्यक भएमा मात्र पासपोर्ट बनाउन सूचना जारी गरेको छ । तर पासपोर्ट बनाउनेको संख्या भने राहदानी विभागमा अधिक देखिएकोछ । गत भदौ २४ गतेको घटनामा राहदानी जलेको, दशै तिहार विदापछि एकै पटक माग ह्वात्तै बढेकाे हाे। तर पुरानो सप्लायर्ससगको मौज्दात कम रहेको र नया आपूर्ति कर्ताले उपलब्ध गराएको अवधि फरक परेको जस्ता कारणले यतिखेर माग र आपूर्तिबीच असन्तुलन देखिएको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताउनुभयाे।

विभागले राहदानीको अभाव नहुने गरि नयाँ राहदानी खरिद प्रक्रिया अगाडी बढाइसको दावी पनि गरेको छ । विभागले एक दुई हप्तामै आन्तरिक व्यवस्थापन गर्ने गरि तयारी गरेको महानिर्देशक अर्यालले बताउनुभयाे।
हाल राहदानीको लागि नियमित रुपमा आवेदन दिन मिल्ने भएपनि उपलब्ध गराउन मात्र केही ढिलो हुने विभागले जनाएकाे छ।अहिले विभागले दैनिक १ हजार राहदानी वितरण गरिरहेको छ। अन्त्यन्त जरुरी भएमा भने २ देखि ३ सय सम्म राहदानी उपलब्ध गराउने गरेको महानिर्देशक अर्यालले बताउनुभयाे।

विभागका महानिर्देशक अर्यालले देशका केही स्थान काडमाडौं, मोरङ र कैलालीमा मात्र पूर्ण रुपमा सेवा दिन नसकेको भएता पनि अन्य स्थानबाट सेवा प्रवाह भइहेकाले जरुरी भएकाले मात्र राहदानी लिनको लागि महानिर्देशक अर्यालले आग्रह गर्नुभएको छ।

विगतको राजनीतिक यात्रालाई जेनजी पुस्ताले गलहत्याएर बनेको नेपालको पछिल्लो अन्तरिम सरकारको पालामा पनि नागरिक सेवा सहज हुन नसक्दा जनतामा निराशा छाउर्नेतर्फ सहज हुन आवश्यक देखिन्छ ।

भिडियाे रिपाेर्ट: