Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


काठमाडौंका मेयर बालेनविरूद्ध साइबर ब्यूरोमा उजुरी


624
Shares

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ।

युवा संघका नेताहरू बिहीबार साइबर ब्यूरो पुगेर मेयर बालेनविरुद्ध उजुरी दिएका हुन्। बालेनले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो । साइबर ब्यूरो स्रोतका अनुसार मेयर बालेनविरुद्ध उजुरी परेको छ। यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको साइबर ब्यूरोका एक अधिकारीले जानकारी दिएका छन् ।

मेयर बालेनले यहि कात्तिक १६ गते मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेख्नुभएकाे थियाे। उहाँले उक्त स्टाटस केही बेरमै पेजबाट समेत हटाउनुभउकाे थियाे ।