मुगु ।
हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी हुँदा विद्यालयको भवनसहित शैक्षिक सामाग्री जलेर नष्ट भएकाे छ ।
आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका हुन् । ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।
‘विद्यालयको कार्यालय रहेको कोठामा ताल्चा नलगाएको अवस्थामा साँझको समयमा एक्कासी आगलागी भएको थाहा भएको हो । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा अहिले सम्म खुलेको छैन। ‘स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ र घट्ना कसले गरायो भन्ने बारेमा अनुसन्धान सुरु भएको छ ।’
आगालागीका कारण विद्यालयको कार्यालयमा राखिएका कम्प्युटर, किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत सम्पुर्ण कागजातहरू जलेर नस्ट भएको उनले जानकारी दिए । आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्