Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


जेनजी युवाकाे विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्याे: रास्वपा नेता परियार


169
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेनजी युवाकाे विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको दावी गर्नुभएकाे छ।

ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको समेत बताउनुभएको हो । उहाँले अमुख जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेनजी विद्रोहले खारेज गरिदिएको पनि बताउनुभयो । उहाँले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरु थप चनाखो हुनुपर्नेमा जोड दिनुभएकाे छ।

नेता परियारले राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रुपमा रहेको धारणा राख्नुभयो । उहाँले जेनजी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको पनि बताउनुभएकाे छ।

नेता परियारले पार्टीमा रहेका समस्याहरुको समाधान खोज्दै पार्टीलाई जेनजी आन्दोलनको मर्म अनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको समेत बताउनुभयो ।