Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


विद्युतीय चार्जिङ स्टेशनको नीति छिटै परिमार्जन हुन्छः ऊर्जामन्त्री घिसिङ


390
Shares

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको नीति छिटै परिमार्जन हुने बताउनुभएको छ।

काठमाडौंमा मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो बताउनुभएको हो । मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्नुभयाे। त्यसलाई प्रभावकारी बनाउने काममा सोही केन्द्रलाई विशेष ध्यान दिन पनि उहाँले निर्देशन दिनुभएकाे छ।

मन्त्री घिसिङले विन्ड इनर्जीको क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनुभयो । विन्ड इनर्जीको क्षेत्र पनि नेपालको सम्भावनाको क्षेत्र भएकाले यस क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने उहाँको योजना छ।

साेही अवसरमा मन्त्री घिसिङले नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताउदै जर्मन सरकारप्रति पनि आभार व्यक्त गर्नुभएको थियो।