काठमाडाैं । इंग्लिस क्लब साउथह्याम्पटनले मुख्यप्रशिक्षक विल स्टिललाई जिम्मेवारीबाट हटाएको छ ।
साउथह्याम्पटनले स्टिललाई खराब प्रदर्शनका कारण ५ महिनामै बर्खास्त गरेको हो । स्टिल गत मेमा टिमको जिम्मेवारीमा आएका थिए । साउथह्याम्पटनले स्टिलसँगै प्रशिक्षण टोलीका रुबिन मार्टिनेज, क्लेमेन्ट लेमाइटारे र कार्ल मार्टिनलाई पनि जिम्मेवारीबाट हटाइएको जनाएको छ ।
साउथह्याम्पटनका अनुसार, अब टिमको यू–२१ टिमका मुख्यप्रशिक्षक टोन्डा इकेर्ट अन्तरिम प्रशिक्षक बन्ने छन् । हाल साउथह्याम्पटन इंग्लिस फुटबलको दोस्रो तह इंग्लिस फुटबल लिगमा संघर्षरत रहेकाे हाे। अघिल्लो सिजन इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको यो टोली हाल इएफएलको २१ औं स्थानमा रहेकाे छ ।
साउथह्याम्पटनले १३ खेल खेल्दा १२ अंक जोडेको हाे ।





प्रतिक्रिया दिनुहोस्