Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने


325
Shares

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट शुरु गर्नुभएको छ।

जेनजी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्यापछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट शुरु गरिएको थियो। सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम शुरु गर्नुभएको हो ।

मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बन्नुभएको थियो । उहाँ असोज ७ गतेदेखि केशरमहलमै बस्दै आउनुभएको छ ।