Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


जमैकामा मेलिसा आँधीका कारण १९ जनाकाे मृत्यु


208
Shares

एजेन्सी । जमैकामा आँधी मेलिसाका कारण करिब १९ जनाको मृत्यु भएको छ।

उनीहरुकाे मृत्यु भएकाे सूचना मन्त्री डाना मोरिस डिक्सनले बताएका हुन् । डिक्सनले खोजी तथा उद्धार प्रयास जारी रहेको र अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा सहायता पुर्‍याउने प्रयास गरिरहेको बताएका छन्। क्यारिबियनमा प्रहार गर्ने सबै भन्दा शक्तिशाली मध्ये एक आँधीले हैटीमा पनि करिब ३० जनाको मृत्यु भएकाे अधिकारीहरूले बताएका हुन्।

डिक्सनले जमैकामा सम्पूर्ण समुदायहरू अलपत्र परेको देखिएकाे र क्षेत्रहरू समतल भएको देखिएकाे बताएका छन् । डिक्सनले पश्चिमी क्षेत्रहरूमा “विनाशकारी” दृश्यहरू रहेकाे समेत जानकारी गराएका छन्। टापुको अधिकांश भागमा बिजुली आपूर्ति बन्द छ ।

मानिसहरूले बाढी-हिलोबाट क्षतिग्रस्त घरहरू र सामानहरू उद्धार गर्ने प्रयास गर्दा हजारौं मानिसहरू सहायताको लागि हताश हुँदै गइरहेकाे जवनाइएकाे छ।