 
	    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यवसायिक टहराहरू भत्काएको छ।
महानगरपालिकाले शुक्रबार उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यी संरचनाहरु गुठी संस्थानको जग्गा हड्पेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार यी टहराहरूले मन्दिर परिसरको सौन्दर्यतापूर्ण वातावरणलाई असर पुर्याइरहेको थियो । सार्वजनिक जग्गाको दुरुपयोग भएको थियो । गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको कामपाले जनाएको छ।
अस्थायी घर तथा संरचनाहरू हटाउन ३५ दिनको सूचना दिइएको थियो । तर अटेर गरिएपछि डोजर चलाइएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । विशेष गरी सन् २०२२ मा मेयर बालेन्द्र शाहको नेतृत्वमा शुरु भएको यो अभियानले दर्जनौं स्थानमा कारबाही गरेको थियो । बानेश्वर कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्समा अवैध पसल तथा संरचनाहरू भत्काइइएको थियो ।
त्यस्तै, दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनेका संरचनाहरूमा डोजर चलाइएको थियो । जसले फुटपाथ व्यापार र अव्यवस्थित पार्किङलाई लक्षित गरेको थियो । त्यस्तै,असन र इन्द्रचोकमा अस्तव्यस्त पसलहरू हटाएर क्षेत्रलाई सफा र व्यवस्थित बनाइएको छ।















 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्