Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


खगेन्द्र सुनार अदालतमा उपस्थित


2k
Shares

काभ्रेपलान्चोक ।
श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्।

उनी विद्युतीय कारोबारसम्बन्धी मुद्दामा बयान दिन अदालत पुगेका हुन्। अदालतकी स्रेस्तेदार इन्दिरा कार्की गेलालका अनुसार अधिवक्ता मनिषा गौतमको जाहेरीमा दायर उक्त मुद्दामा सुनार फरार प्रतिवादी थिए।

मन्त्री सिफारिस भएपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो। गौतमले सामाजिक सञ्जालमार्फत सुनारले गालीगलौज गरेको प्रमाणसहित मुद्दा दायर गरेकी थिइन्।