Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


नख्खु कारागारबाट फरार रहेका कैदी टेकुबाट पक्राउ


832
Shares

काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदी पक्राउ परेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई गएराति साढे ९ बजेतिर टेकुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत छन् ।

पक्राउ परेका उनलाई कैद भुक्तानका लागि नख्खु कारागार बुझाइएको प्रहरीले बताएको छ ।