Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


देउवा दम्पत्ति सिंगापुर प्रस्थान


0
Shares

काठमाडाैं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ ।

जेनजी आन्दोलनका गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको हो । देउवा दम्पती गएराति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई सैनिक अस्पताल छाउनीमा पु¥याएका थिए ।

देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ । जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिनुभएको थियो ।

देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोक्नुभएको छ । निकटस्थ स्रोतका अनुसार, सिंगापुरमा देउवा दम्पतीले केही समय बसेर उपचार गर्नुहुनेछ ।