Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


नेपालमा जस्तो अवसर अन्त छैन : चन्द्रप्रसाद ढकाल


585
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने गरेको बताउनुभएको छ ।

अमेरिकाको टेक्ससमा आयोजित हिमालयन कन्क्लेभमा उहाँले नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बताएको मात्र सुन्ने गरेपनि आफूले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै नदेख्ने गरेको दाबी गर्नुभयो ।

ढकालले नेपालमा अझै धेरै क्षेत्रहरु एक्स्प्लोर गर्न बाँकी रहेको प्रसंग उल्लेख गर्दै जतिधेरै एक्स्प्लोर गर्यो त्यति नै अवसरहरु भेटिने तर्क गर्नुभयो ।

प्रयास नै नगरी नेपालमा सम्भावना नै छैन भन्नु गलत भएको समेत ढकालले जिकिर गर्नुभयो । ढकालले नेपालमा वैदेशिक लगानीका लागि अमेरिकामा रहेका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले महासंघको पहल र अगुवाईमा लगानीमैत्री वातावरणका लागि आवश्यक कम्तीमा पनि ३० वटा कानुन संशोधन गरिएका, सरकारले निजी क्षेत्रकै संलग्नतामा गठित अर्थतन्त्रको सुधार सम्बन्धी उच्चस्तरीय आयोगले दिएका सुझावहरुको कार्यान्वयन सुरु गरेको भन्दै लगानीको वातावरणमा प्रशस्त सुधार आएको तर्क गर्नुभयो ।