Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


गोकर्णबाट नक्कली पेस्तोलसहित एक युवक पक्राउ


390
Shares

काठमाडौं । नक्कली पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित JMC कलेज नजिक चेकजाँचका क्रममा प्रहरीले २९ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो।

सिन्धुपाल्चोक सागाचोकगढी नगरपालिका–२ घर भई हाल गोकर्णेश्वर–४, नाम्गेलमा बस्दै आएका तामाङको साथबाट प्लास्टिकको नक्कली पेस्तोल १ थान फेला परेको प्रहरीले जनाएको छ।

उनीमाथि थप अनुसन्धानका लागि उनलाई प्रहरी प्रभाग गोकर्णमा राखिएको छ।

Skip This