Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


विश्व च्याम्पियनसिपको तयारीमा सानुमाया


299
Shares

काठमाडाैं ।

नेपाली खेलकुदमा मार्सल आर्टस खेल ऐतिहासिक सफलता दिलाउने खेलको अग्रभागमा पर्छ ।

त्यसमाथि पछिल्ला समय सबैभन्दा सफल खेलको रूपमा कराँते उभिएको छ । त्यसमा पनि करातेकी एरिका गुरुङले एकपछि अर्को सफलता दिलाउँदैछिन् ।

उनीजस्तै कराँतेकै खेलाडी सानुमाया थिङको पनि देशका लागि ठूलो सफलताका दिलाउने लक्ष्य छ । आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा कराते विश्व च्याम्पियनसिप हुँदैछ, जहाँ सानुमायाले खेल्नेछिन् । विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् । छनोट चरण पार गरेर नेपाली कराँतेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्दैछ ।

क्रिकेटको जस्तै उनले पनि विश्व च्याम्पियनसिप खेल्दैछिन् । तर राज्य र खेल निकाय बेखबर जस्तै छ । विश्व च्याम्पियनसिपको तयारी गर्न उनीमाथि राज्यको लगानी शुन्य छ । देशमै गरेको प्रशिक्षणका भरमा ऐतिहासिक पदक जित्ने उनको अठोट छ ।

राज्यको शुन्य लगानीमै पदक जित्ने आत्मविश्वास उनीमा देखिन्छ । प्रशिक्षक मण्डेकाजी र खेलाडी सानुमाया दुवै पदक जित्ने आशासहित पछिल्लो एक महिनादेखि प्रशिक्षणमा छन् ।