Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


जेनजी आन्दाेलन: महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिएको सेनाको फौज ४१ स्थानबाट फिर्ता


2.2k
Shares

काठमाडौं। जेनजी युवाकाे आन्दाेलनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज ४१ स्थानबाट फिर्ता भएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दाेलनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र ५ र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो । तर स्थिति सामान्य हुँदै गएपछि सेना फिर्ता भएकाे हाे। सुरक्षा चुनौतीलाई ध्यानमा राखेर अझै पनि २१ स्थानमा फौज तैनाथ भइरहेको सेनाले बताएको छ।

आन्दाेलनबाट सिर्जित आगजनी, तोड्फोड र दङ्गा जस्तो अप्ठ्यारो परिस्थितिमा ६ देखि ८ घण्टाको तैनाथीमा उक्त अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाले बताएकाे छ।