Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था नभएसम्म निर्वाचनमा नजाने: मिराज ढुंगाना


624
Shares

काठमाडौं । जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताउनुभएकाे छ।

काठमाडाैंमा शनिबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पार्नुभएकाे छ। विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उहाँको भनाइ थियाे।

हुलमूल मात्रै भएर देशको विकास नहुने दावी गर्दै उहाँले आधिकारिक बन्नका लागि कि त एनजीओ कि त राजनीतिक दल नै खोल्नुपर्ने बताउउनुभएकाे छ। सबै बाहिर भएका समूहरूलाई संगठित भएर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयाे ।

अभियन्ता ढुंगानाले विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्नेमा जाेड दिनुभएकाे छ। ३ करोडमा ८० लाख जनसंख्यालाई छुटाएर हुन्छ भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे। त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाेड्न नहुने उहाँद्दकाे भनाइ छ ।

विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था नभएसम्म निर्वाचनमा नजाने अभियन्ता ढु‌गानकाे तर्क थियाे ।