Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


फिलिपिन्समा ७.५ म्याग्निच्युडको भूकम्प, फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी


377
Shares

एजेन्सी । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पसँगै सुनामीको चेतावनी पनि दिइएको छ। यसअघि ७.४ म्याग्निच्युडको रिपोर्ट गरिएको थियो।

फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सीले थप परकम्पनको चेतावनी दिएको छ। यसले एक मिटरभन्दा उचाइका छालहरू सहित विनाशकारी सुनामी आउन सक्ने बताएको छ।

मध्य र दक्षिणी फिलिपिन्सका तटीय शहरहरूका बासिन्दाहरूलाई तुरुन्तै अग्लो जमिनमा सर्न सल्लाह दिइएको छ। तत्काल कुनै क्षतिको रिपोर्ट आएको छैन।

यसअघि, सेप्टेम्बर ३० मा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए।