
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा बुधबार पछिल्ला राजनीतिक घटनाक्रमकाे बारेमा छलफल भएको छ ।
आगामी कार्तिक १४ र १५ गते गर्ने भनिएको विस्तारिक बैठकको खाका, सहभागिताको कार्यविधि र एजेण्डाहरुकाे बारेमा पनि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे। उहाँका अनुसार बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनकाे बारेमा पनि छलफल भएको बताउनुभएकाे छ।
नेपालभरी गत हप्ता भएको विपद्जन्य क्षतिको उद्धार र सहयोगमा पार्टीले गरेको सहयोगबारे पनि छलफल भएको उहाँले बताउनुभयो । सद्भाव यात्राकाे बारेमा पनि छलफल भएको उहाँकाे भनाइ छ। शुक्रबार ११ बजेदेखि सचिवालय बैठक बस्ने जानकारी दिनुभयो । जेनजी आन्दोलनकाे बारेमा धारणा राख्ने नेपालमा भएका राजनीतिक दलहरुमध्ये रास्वपा पहिलो दल भएको प्रवक्ता झाले दावी गर्नुभयो ।
प्रवक्ता झाले जेनजी आन्दोलनमा राज्यले गरेकाे दमनकाे बारेमा उच्चस्तरीय न्यायिक छानविन समिति बनाएर छानविन हुनुपर्ने र कानून अनुसार सजाय तोकिनुपर्नेमा जाेड दिनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्