Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


केपी ओली र रमेश लेखकविरूद्ध किटानी जाहेरी दर्ता (तस्बिरसहित)


54.8k
Shares

काठमाडौं । गत भदाै २३ र २४ गते जेनजी युवाकाे आन्दोलनका क्रममा शहीद भएकाका परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेकाे छ।

परिवारले मंगलबार दिउँसाे जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर किटानी जाहेरी दर्ता गरेकाे हाे। उनीहरुले साेमबार नै जाहेरी दर्ता गर्नका लागि प्रहरी परिसर काठमाडौंमा गएका थिए । तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेकाे जेनजी युवा आन्दोलनका अगुवा सुदन गुरुङसहित टाेलीले जनाएकाे थियाे। साेही आन्दाेलनमा पारी ७६ जनाकाे मृत्यु भएकाे छ ।

त्यस्तै, ३० जना घाइतेहरु १२ वटा अस्पतालमा उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।