
काठमाडाैं । कोशी प्रदेशका विभिन्न जिल्लामा परेको अविरल वर्षासँगै आएको विपदका कारण ठूलो जनधनको क्षति भएको छ।
यहि असोज १८ गतेदेखि २० गते साँझ ५ बजेसम्मको प्राप्त विवरण अनुसार विपदमा परी ४५ जनाको मृत्यु भएको हाे । साेही घटनामा परी ४२ जना घाइते भएका छन् । त्यसैगरी, ३ जना अझै बेपत्ता भएका छन् । सयाैं परिवार विस्थापित भएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार मृत्यु हुने ४५ जना मध्ये ३८ जना इलाम जिल्लाका मात्रै रहेका छन् । त्यसैगरी, पाँचथर र उदयपुरमा २–२ जना तथा मोरङ, सुनसरी र खोटाङमा १–१ जनाको मृत्यु भएको प्रहरीले बताएकाे हाे।
प्रतिक्रिया दिनुहोस्