Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


नेपाली सेनाद्वारा गोसाइँकुण्डमा पदयात्रामा गएका १२ जनाको उद्धार

बेपत्ता ४ काे पनि खाेजी-कार्य जारी

416
Shares

काठमाडौं । नेपाली सेनाले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ बाट उनीहरुकाे उद्धार गरी स्याफ्रुबेंसी ल्याइएको हाे । उनीहरूको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।

निर्देशनालयले बेपत्ता भएका अन्य ४ जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले ५ स्थानमा खोजी कार्य जारी रहेकाे जनाएको छ ।