
काठमाडाैं । नेकपा माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेसिडाँडामा साेमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने समेत उहाँकाे भनाइ छ।
उहाँले भन्नुभयो,-‘देशभर विपदले कहाँ-कहाँ कति क्षति भयो भन्नेकुराको जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ । हामी कसरी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरिसकेका छौं । घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ ।’
बैठकमा देशैभरी मनसुनजन्य विपदले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको संयाेजक दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्