
काठमाडाैं। नेपाली सेनाले मनसुनजन्य विपद प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ।
सिंहदरबारमा आइतबार सेनाका सहायक रथी विष्णुकुमार खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको बताउनुभएकाे हाे । सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभूत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेको उहाँकाे भनाइ छ।
२७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको उहाँले बताउनुभयो । उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एक-एक वटा हेलिकाेप्टर तैनाथ गरिएको उहाँले जानकारी दिनुभएकाे छ। ज्येष्ठ अधिकृतहरुबाट समन्वय सरल बनाउन खबर संकलन, अन्य सुरक्षा निकायहरु र स्थानीय निकायहरुसँग समन्वय गरिएको उहाँले बताउनुभयो।
सहायक रथी खड्काले डुबान इलाकामा बस्ती स्थानान्तरण र सुरक्षित स्थानमा राख्ने काम संयुक्त प्रयासमा गरेको बताउनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्