Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


बाढी-पहिरो र डुबानका कारण अवरूद्ध विद्युत आजदेखिनै सुचारू गरिंने: मन्त्री घिसिङ


208
Shares

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखिनै सुचारु हुने बताउनुभएको छ ।

सिंहदरबारमा आइतबाार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले यस्ताे बताउनुभएकाे हाे। केही ठाउँमा विद्युत पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत आइतबारसाँझसम्म सुचारु गराउने गरी काम भइरहेको उहाँको भनाइ थियो । लोडसेडिङ हुनुपर्ने कुनै पनि अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभएकाे छ।

पर्याप्त विद्युत जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको उहाँले बताउनुभयो । मन्त्री घिसिङले विद्युतको वितरण प्रणालीमा देखिएको समस्या पनि आइतबारै समाधान हुने बताउनुभएकाे छ।