Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


अलपत्र परेका यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयसँग विपद प्राधिकरणकाे आग्रह


182
Shares

काठमाडाैं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताउनुभएको छ ।

वर्षा हुनु भन्दा पहिला नै हिँडिसकेका तर गन्तव्यमा पुगि नसकेकाहरुका लागि यस्तो निर्णय लिइएको उहाँले बताउनुभएकाे हाे । उहाँले बाटोमा अलपत्र परेका यात्रुहरुको सुरक्षाका लागि सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने खाद्यान्न, अन्य व्यवस्थापनको कार्य गर्न जिल्ला प्रशासन कार्यालयलाई स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘अगाडि नै हिँडिसकेका तर बाटोमा अड्किएका केही यात्रुहरु हुनुहुन्छ । उहाँहरुका सन्दर्भमा उहाँहरुलाई सुरक्षित राखिदिनका लागि उनीहरुलाई सुरक्षित स्थानमा राख्ने, आवश्यक पर्ने, खाद्यान्न र अन्य व्यवस्थापन गरिदिनका लागि सबै प्रमुख जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय सकरार र वडा सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्नका लागि हार्दिक अनुरोध गर्दछौं ।’

प्रमुख भट्टले ४ सय मिलिमिटर भन्दा बढी वर्षा हुने अनुमान रहेको बताउनुभयो। सुरक्षा निकायहरु देशैभरी सुरक्षार्थ परिचालन गरिएको जानकारी दिनुभएकाे छ।