
काठमाडौं।शुक्रबार रातिदेखिकाे निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको छ ।
महानगरले डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हाे। नदी किनारका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासीन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।
महानगरपालिकाको विपद व्यवस्थापन विभागका अनुसार, बागमती र विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ। थली, नयाँ बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्र यस्थलका रूपमा पहिचान गरिएकाे छ। विपदकाे अवस्थामा बासीन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तै: शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न महानगरले निर्देशन दिइएको छ।
महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ। हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ। सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरको समन्वयमा सञ्चालन हुने भएकाे हाे।
प्रतिक्रिया दिनुहोस्