Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


रौतहटको महेशपुरमा एक घण्टमा सबै भन्दा बढी ९४ मिलिमिटर वर्षा


481
Shares

काठमाडाैं। पछिल्लो एक घण्टामा सबै भन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले महेशपुरमा ३ देखि ४ बजे सम्म ९४ मिलिमिटर वर्षा भएको जनाएकाे हाे। यसलाई अति भारी वर्षाको रुपमा लिइन्छ । सोही स्थानमा पछिल्लो ३ घण्टामा १ सय ६६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

प्रतिघण्टा ६० मिलिमिटर सम्मको वर्षालाई सामान्य रुपमा लिइन्छ । शनिवार दिउँसो १ देखि ४ बजेसम्म ३ घण्टाको अवधिमा बारा र पर्साका स्टेसनहरुमा भारी वर्षा रेकर्ड भएको हाे । त्यसैगरी मुडली पर्सामा १ सय १९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

वीरगञ्जमा ९७ दशमलव ८ मिलिमिटर, बारा कलैयामा १ सय १ र रौतहट गौरमा १ सय ३२ मिलिमिटर वर्षा भएको छ । ललितपुरको गोदावरीमा १२ घण्टामा सबै भन्दा बढी १ सय ३ मिलिमिटर वर्षा भएको हाे ।

साथै काठमाडौंको नैकापमा ८८ दशमलव ६ मिलिमिटर वर्षा भएको विभागले जनाएकाे छ ।