Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


पठाओ र इनड्राइभले मनाेमानी ढंगले भाडा लिएकाे यात्रुकाे गुनासाे


1.7k
Shares

काठमाडौं । अविरल वर्षा र मौसम प्रतिकूल भएपछि देशैभरीका अधिकांश विमानस्थलबाट उडान बन्द भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द भएपछि शनिबारबिहानैदेखि उडानको पर्खाइमा बसेका यात्रु अलपत्र परेका हुन् । आन्तरिकतर्फका सबै उडान बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । मौसम खुल्ने ग्यारेन्टी नभएकाले शनिबारका अधिकांश उडान स्थगित भएका छन् ।

यता विमानस्थल बन्द भएपछि फर्किने यात्रुले पठाओ र इनड्राइभ जस्ता राइड शेयरिङहरुले दोब्बर भन्दा बढी भाडा मागेर हैरानी पारेको गुनासो यात्रुहरुले गरेका हुन् । विमानस्थल मात्र नभएर झरीको मौका छोपेर मिटर ट्याक्सीसहित पठाओ र इनड्राइभहरुले मनपरी भाडा असुली गरेका छन् । अफलाइन जान बार्गेनिङ गरेको गुनासो समेत आइरहेका छन् ।

झरीका कारण पठाओ र इनड्राइभका मोटरसाइकलहरु चल्ने अवस्था नरहेकाले ट्याक्सीको मनाेमानी ढंगले बढेको हो । बडा दशैंको टीका लगाउन काठमाडौं उपत्यकाभित्रै एक ठाउँबाट अर्को ठाउँमा जानेहरू ठगिएको गुनासो आइरहेको छ ।