
काठमाडौं । बुद्ध एयरले मौसममा आएको प्रतिकूल अवस्थाका कारण सबै उडान रद्द गरेको छ ।
बुद्ध एयरले शनिबार एक सूचना जारी गर्दै शनिबारका सबै उडान रद्द गरेको जानकारी गराएको हो । बुद्ध एयरले उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण देशैभरिको जनजीवन प्रभावित भइरहेकाे छ। देशका मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्