Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


पाँचथरमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ गम्भीर घाइते


390
Shares

काठमाडौं । पाँचथरमा पिकअप गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

साेही दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हाे ।मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । घाइतेमध्ये ५ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले बताएकाे हाे ।

शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका-३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो । मे १ ज ३०५५ नम्बरको पिकअप सडकबाट अनियन्त्रित भएर करिब ५ सय मिटर तल खसेको कार्यालयले जनाएकाे छ।