
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग ३ रनले पराजित भएको छ ।
मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न भएकाे खेलमा १ सय ५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन मात्रै बनाउन सकेकाे हाे। नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन जोडेकी थिइन् । कविता जोशीले भने १३ रन बनाएकी थिइन् । मलेसियाका लागि नुर डानियाले सर्वाधिक ३ विकेट लिएकी छन् ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय४ रन बनाएको थियो । उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाएकी थिइन्।
नेपालका लागि सुमन विष्टले दुई र रुविना क्षेत्रीले एक विकेट लिएका थिउ । नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने भएका छन् ।
सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो ।
प्रतिक्रिया दिनुहोस्