Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


गाजा शहर इजरायली सेनाकाे घेराबन्दी, प्रमुख बफर क्षेत्र कब्जा


4k
Shares

एजेन्सी। इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार रक्षा बलले हमासलाई पराजित गर्ने बाटोमा गाजा शहर वरिपरि घेराबन्दी कडा बनाएको बताउनुभएको छ ।

सेनाले केही घण्टामा नेत्जारिम कोरिडोर कब्जा पूरा गर्ने उहाँले बताउनुभएकाे हाे। जुन मध्य गाजा शहर र उत्तरी गाजालाई बाँकी एन्क्लेभबाट अलग गर्ने उद्देश्यले गरिएको छ । पूर्ण शक्तिमा जारी रहेको इजरायल रक्षा बलले गतिविधिको सामना गर्दा दक्षिणतिर सर्ने समेत उहाँकाे भनाइ थियाे । हमास आतंककारीहरूलाई गाजा शहरमै अलग राख्न इच्छुक गाजाका बासीन्दाहरूको लागि यो अन्तिम मौका भएको उहाँले चेतावनी समेत दिनुभयो ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सीले बुधबार बिहान गाजामा इजरायली गोलीबारीका कारण २३ जना प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएकाे रिपोर्ट गरेको छ । जबकी गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले इजरायलको सैन्य अभियानले अक्टोबर ७, २०२३ देखि ६६ हजार १ सय ४८ प्यालेस्टिनीहरूको मृत्यु भएको बताउका हुन् ।

साेही गोलीबारीमा परी १ लाख ६८ हजार ७ सय १६ जना घाइते भएकाे उनीहरुले बताएका हुन् ।