Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


देशैभरी बडा दशैंको टीका लगाउने क्रम जारी (तस्बिरसहित)


455
Shares

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको टीका लगाउने क्रम देशैभरी जारी रहेकाे छ।

बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट बडा दशैंको टीका लगाउन शुरु गरिएको हो । साथै जमरा लगाउने र आशिर्वाद लिन शुरु गरिएको थियाे । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यहीं समयदेखि बडा दशैं मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयाको सबै भन्दा महत्वपूर्ण दिन हो । त्यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ ।