
काठमाडौं । सबै प्रदेशमा साधारणतया माैसममा बिहीबार दिउँसाे बदली हुने भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
त्यस्तै, बिहीबार राति भने सबै प्रदेशमा साधारणतया बदली हुने भएकाे हाे। साथै कोशी, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।
बिहीबार बिहान भने देशेभरी मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको थियाे।

प्रतिक्रिया दिनुहोस्