Logo १६ आश्विन २०८२, बिहिबार | Thu Oct 2 2025


जेनजी आन्दोलनका कारण ७ करोड ३१ लाख रूपैयाँ बढीकाे क्षति


2.3k
Shares

काठमाडाैं । जेनजी युवाको आन्दोलनका क्रममा मधेश प्रदेशका ९० वटा प्रहरी र २ सय ७ वटा सरकारी कार्यालयमा भएको तोड्फोड र आगजनी भएकाे छ।

जसका कारण ७ करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको हाे । क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् । आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका हुन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० मूल्य बराबरका सवारी साधन जलाएकाे जनाएकाे छ।