Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


झापामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते, चालक भने फरार


338
Shares

काठमाडाैं । झापामा सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका–६ काे गिरीबन्धु टी–स्टेट अगाडि बिहीबार साेही दुर्घटनामा परि १३ जना घाइते भएकाे प्रहरीले जनाएकाे हाे । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको प्रहरीले बताएकाे हाे। सबै घाइतेको अवस्था सामान्य रहेको र दुर्घटनापछि फरार भएका बस चालकको भने खोजी कार्य जारी रहेकाे प्रहरीले बताएकाे छ।