Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


नयाँ कुमारीलाई तलेजु भवानीको दर्शन गराइयाे


364
Shares

काठमाडौं । नयाँ कुमारी साढे २ वर्षीया आर्यतारा शाक्यलाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ।

तलेजुको दर्शनबाट कुमारीलाई शक्ति प्राप्त हुने विश्वास गरिएकाे हाे । वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिले जनाएकाे छ।

तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराइएकाे समितिले जनाएकाे हाे। स्थानीय इटुम्बहालकी साढे २ वर्षीया शाक्यलाई यहि असाेज १४ गते नयाँ कुमारीमा स्थापित गरिएकाे थियाे ।