Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रधानमन्त्री कार्कीले बडा दशैंकाे टीका नलगाउने


1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा यस वर्षकाे टीका नलगाउने बताउनुभएकाे छ।

बडा दशैं हर्षोल्लासको साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण र अधिकांश घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएकाे हाे ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस घडीमा उहाँले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने जनाएकाे छ।