
काठमाडाैं । सरकारले चाड पर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैं सुचारु गर्न निर्देशन दिएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैं सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले संचारकर्मीसँग कुरा गर्दै वास्थ्य संस्थाहरुमा कुनै पनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरुलाई सधैं सेवाहरु सुचारु राख्न निर्देशन दिएको बताउनुभयो ।
अस्पतालमा हुने आपत्कालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस, एम्बुलेन्सहरुको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुचारु राखेको उहाँले जानकारी गराउनुभयाे । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई अत्यावश्यक पर्नसक्छ भनेर जेनजी क्लिनिक पनि सुचारु गरेको उहाँकाे भनाइ छ। शेष ध्यान दिन पनि आग्रह गर्नुभयो ।
प्रवक्ता बुढाथोकीले चाड पर्वको समयमा खानपानमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभउकाे छ।
प्रतिक्रिया दिनुहोस्