
काठमाडाैं । रामेछापदेखि लुक्लासम्मकाे हवाई उडान शुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान शुरु गरिएको जनाएको हाे । विभिन्न कम्पनीहरुले काठमाडौंबाट सडकमार्ग हुँदै रामेछापकाे सदरमुकाम मन्थलीसम्म पर्यटक लाने गरेका छन् ।
साथै त्यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने उनीहरुले गरेका हुन् । विमानस्थलबाट सीता, तारा र समीट लगायतका कम्पनीले सेवा दिँदै आएका हुन् । मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्