
काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्ने मानिसहरुकाे भीड लागेको छ ।
बडा दशं अन्तर्गत मंगलबार महाष्टमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ । महाष्टमीको अवसरमा मंगलबार बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने र नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् ।
साेही दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजा अर्चना गर्छन् । विधिवत रुपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ । नवरात्रको महाअष्टमी-नवमीमा औजारहरुको पूजा गरेमा औजारहरु वा साधनहरु धेरै समय टिक्ने र आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्