
काठमाडाैं । नेपाल वनस्पति घ्यू-तेल उत्पादक संघले जेनजी युवाकाे आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
संघले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५० लाख सहयोग प्रदान गरेको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीचमा संघका अध्यक्ष विकास दुगड र निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले अर्थमन्त्री रामेश्वर खनाललाई साेही सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष दुगडले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सरकारको प्रयासलाई साथ दिनु प्रत्येक नागरिकको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्