Logo २० आश्विन २०८२, सोमबार | Tue Oct 7 2025


जेनजी आन्दोलन: मृतककाे संख्या ७६ जना पुग्याे, सयाैं घाइतेकाे उपचार जारी


871
Shares

काठमाडाैं । गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका लक्ष्मण राईको आइतबार राति मृत्यु भएको हो। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको हाे । राई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । याेसँगै साेही आन्दालनका क्रममा मृत्यु हुनेकाे संख्या ७६ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

आन्दाेलनका क्रममा सयाैं घाइतेकाे देशका विभिन्न अस्पतालमा उपचारत रहेकाे मन्त्रालयले जनाएकाे हाे ।