Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा भारतद्वारा हस्ताक्षर


6.7k
Shares

एजेन्सी । भारतले स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका लागि ७ अर्ब डलरको अर्डरमा बिहीबार हस्ताक्षर गरेको छ।

विश्वको सबै भन्दा ठूलो हतियार आयातकर्ता मध्ये एक राष्ट्र भारतले आफ्नो सेनाको आधुनिकीकरणलाई उच्च प्राथमिकता दिएको हो । साथै घरेलु उत्पादनलाई बढावा दिन बारम्बार प्रयास समेत भारतले गरिरहेको छ। तेजस लडाकुहरूको लागि गरिएको माग एक पटकमा भारतले गरेको लडाकू विमान ९जेट० हरूको सङ्ख्याको हिसाबले सबै भन्दा ठूलो हो।

पहिलो भारतीय जेट तेजस (प्रतिभा) सन् २०१६ मा वायु सेनामा प्रयोगमा ल्याइएको थियो । लडाकुको उन्नत संस्करण, एमके–१ ए को लागि पछिल्लो माग भएको हो । भारतको रक्षा मन्त्रालयले हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) सँग ९८ लडाकु र २९ ट्विन सिटरसहित ९७ लाइट कम्ब्याट एयरक्राफ्ट (एलसीए) एमके १ ए खरिद गर्न सम्झौता गरेको जनाएको छ ।

एचएएल एक सरकारी रक्षा कम्पनी हो र यसमा १ सय भन्दा बढी भारतीय कम्पनीहरू निर्माण प्रक्रियामा संलग्न रहेका छन् । विमानमा ‘६४ प्रतिशतभन्दा बढी स्वदेशी सामग्री’ प्रयोग गरिएको जनाइएको छ। मन्त्रालयले यी विमानहरूको आपूर्ति सन् २०२७-०२८ सम्ममा शुरू हुने र ६ वर्षको अवधिमा पूरा हुने जनाएकाे हाे ।

नयाँ दिल्लीले विशेष गरी छिमेकी पाकिस्तान लगायत विभिन्न मुलुकबाट खतराको सामना गरिरहेकाे छ ।