
काठमाडौं । जेनजी युवाकाे आन्दोलनका क्रममा ५ लाख रुपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराको सिमरा जितपुरका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशीका २५ वर्षीय फुर्साङ लामा रहेकाे प्रहरीले बताएकाे हाे । जेनजी आन्दोलनको क्रममा गत भदाै २४ गते दिउँसो साढे १ बजेतिर ललितपुरको ढटल मार्गस्थित एक घरमा रहेको रेष्ट लस एनजीओमा उनीहरूले डकैती गरेको आरोप छ ।
उनीहरुले त्यहाँबाट सुनचाँदीका गरगहना, नगदसहित ५ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल डकैती गरेको प्रहरीले बताएकाे हाे । पक्राउ परेका उनीहरूलाई ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएकाे प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्